Main News

निर्वाचन आयोग आफ्नो निर्णयबाट पछि हट्यो

हिमालय टिभी
२०७८ चैत २९ गते १९:१२
निर्वाचन आयोग आफ्नो निर्णयबाट पछि हट्यो

२९ चैत २०७८ काठमाडौं । निर्वाचन आयोगले गठबन्धन गरेर चुनाव लड्ने दलहरूले पालिका प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार उठाउनुपर्ने निर्देशन फिर्ता लिएको छ ।

आयोगले दलहरूलाई चैत १६ र २२ गते निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको बुँदा नम्बर ६ लाई संशोधन गरेको जनाएको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै दलहरूलाई दिएको निर्देशनको बुँदा नम्बर ६ मा संशोधन गरी ‘स्थनीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको जनाएको छ ।

यसअघि स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने भनेर निर्देशन दिएको थियो । तर, सत्ता गठबन्धनमा आबद्ध दलहरुले आयोगको यो निर्देशन ऐनविपरीत भएको भन्दै एकै दलको उम्मेदवारमा मात्र लैंगिक समावेशी हुनुपर्ने जिकिर गरेका थिए ।

आयोगले भने गठबन्धनका कारण महिलाको प्रतिनिधित्व कम हुने भन्दै यो व्यवस्था गरिएको दाबी गरिएको थियो । यस्तै आयोगले यसपटकदेखि स्थानीय स्तरसम्मै आचारसंहिता अनुगमनका लागि संयन्त्र बनाएको छ ।

पहिले–पहिले केन्द्रीय अनुगमन संयन्त्र हुने गरेपनि यसपटकदेखि जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचारसंहिता अनुगमन संयन्त्र बनाएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *