आजदेखि निर्वाचन अधिकृत र कार्यालय प्रमुखलाई अभिमुखीकरण

२९ चैत २०७८ काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि अभिमुखीकरण शुरु गर्दैछ ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि अयोगले वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७ सय ५३ निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि अभिमुखीकरण तथा तालिमको आयोजना गर्न लागेको हो ।
आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार अभिमुखीकरण कार्यक्रमका लागि प्रदेश १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त सगुन शम्शेर जवरा र कर्णाली प्रदेशका लागि आयुक्त जानकीकुमारी तुलाधर सहभागी हुनुहुनेछ ।
अभिमुखीकरण कार्यक्रममा निर्वाचनको बारेमा समाचार सङ्कलन, लेखन, प्रकाशन र प्रशारणसम्बन्धी ज्ञान आदानप्रदान गरिने प्रवक्ता पौडेलले जानकारी गराउनुभयो ।
आयोगले स्थानीय तह निर्वाचनका लागि गत शुक्रवारदेखि लागू गरिएको आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई पनि प्राथमिकताका साथ निरन्तरता दिएको जनाएको छ ।
प्रतिक्रिया