Main News
निर्वाचन आयोगले किन ग-यो निर्वाचन अधिकृतहरुको सूची संशोधन ?
२०७८ चैत २४ गते ९:०६
२४ चैत २०७८ काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गरेको छ ।
आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । यस्तै ७१ जना निर्वाचन अधिकृत नयाँ खटाइएको छ ।
प्राविधिक कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ ।
नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।
यस्तै १६ जना निर्वाचन अधिकृतको कार्यक्षेत्र फेरफेर गरिएको पनि निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया