Main News
निर्वाचन आचारसंहिताका बारेमा आयोगले आज दलहरूसँग छलफल गर्दै
२०७८ चैत २२ गते ८:५७
२२ चैत २०७८ काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आचारसंहिताको पूर्ण पालनाका बारेमा निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिता पालनाका लागि दलहरूको प्रतिबद्धता लिन छलफल गर्न लागिएको हो ।
बिहान साढे ११ बजे हुने छलफलमा सहभागी हुनका लागि निर्वाचनमा भाग लिने ७९ दललाई पत्राचार गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । छलफलपछि लिखित रूपमा प्रतिबद्धता लिने आयोगको तयारी छ ।
प्रतिक्रिया