Main News

आज घोडेजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

हिमालय टिभी
२०७८ चैत १८ गते ७:३८
आज घोडेजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

१८ चैत २०७८ काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ।

घोडेजात्रा पर्वको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे पनि राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो।

यसै कारण हरेक वर्ष आजकै दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने जनविश्वास छ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। जात्राको अवसरमा आज काठमाडौं उपत्याकामा सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *