भयरहित ढंगले निर्वाचनमा सहभागी हुने वातावरण बनाउन राष्ट्रपतिको आग्रह (भिडियो रिपोर्टसहित)

१४ चैत २०७८ पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
पोखरामा न्यायिक समितिको प्रथम सम्मेलन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मतदाताले भयरहित ढंगले निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभयो ।
राष्ट्रपति भण्डारीले न्यायिक समितिले नागरिकलाई संविधान बमोजिमका अधिकार प्रत्याभूत गर्न पहल गरिरहेको बताउनुभयो ।
पोखरा महानगरपालिका न्यायिक समितिले आयोजना गरेको सम्मेलनमा देशभरका ७ सय ५३ वटै पालिकाका न्यायिक समितिका प्रमुख एवम् सदस्य सहभागी छन ।
सम्मेलनमा ७ वटै प्रदेशबाट प्रतिनिधिमूलक रुपमा न्यायिक समितिमार्फत न्याय सम्पादन गर्दा आइपरेका कठिनाइ, चुनौती एवं उपलब्धिलगायतबारे छलफल हुनेछ ।
प्रतिक्रिया