Main News
निर्वाचन आयोगले आज मतदाताको अन्तिम सूची प्रकाशन गर्ने
२०७८ चैत १३ गते ७:४५
१३ चैत २०७८ काठमाडौं । निर्वाचन आयोगले आज मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्दैछ ।
आयोगले करिब एक करोड ७७ लाखभन्दा बढी मतदानका लागि योग्य रहेका छन् । यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो ।
दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ । अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन ।
यस वर्ष करिब दुई लाख मतदाता थपिँदै छन् । वैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचन आउन अब मात्र ४७ दिन बाँकी छ ।
प्रतिक्रिया