लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्दै विपक्षी गठबन्धन

२८ साउन २०७८ काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि गठबन्धन दलहरुले आज दावी पेश गर्ने भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले हिजो पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयन गर्नका लागि आज दिउँसो ३ बजेसम्मको समय दिइएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दावी पेस गर्न आह्वान गर्नुभएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोचाको गठबन्धनले माओवादीका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् ।
काग्रेस र माओवादीबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमित समेत भएको छ । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन्।
बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ। विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन्। एमालेका ३८ जना मात्र छन्।
शंकर पोखरेल : शानका साथ आए, यसरी साख गिराएर गए (भिडियो रिपोर्टसहित)
एमालेको ओरालो यात्रा जारी, कांग्रेस र माओवादीलाई फलिफाप (भिडियो रिपोर्टसहित)
यसरी भयो लुम्बिनी प्रदेशमा पोखरेलको वहिर्गमन, केसीको आगमन (भिडियो रिपोर्टसहित)
प्रतिक्रिया