Main News

शुक्रराज ट्रपिकलले शुल्क तिर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने

हिमालय टिभी
२०७७ कार्तिक १७ गते १४:५४
शुक्रराज ट्रपिकलले शुल्क तिर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने

१७ कात्तिक, २०७७ काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले शुल्क तिर्न नसक्नेको निःशुल्क उपचार गर्ने स्पष्ट पारेको छ ।


अस्पतालले यसअघि निःशुल्क उपचार लिन चाहनेले गरिब परिचयपत्र र स्थानीय तहको सिफारिस ल्याउनु पर्ने र त्यो गर्न नसक्नेले धरौटी राख्नु पर्ने सूचना निकालेको थियो ।

चौतर्फी आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले उपचार गर्न आर्थिक रुपमा सक्षम छैन भनेर भन्नेहरुको निःशुल्क उपचार गर्न निर्देशन दिएको थियो ।

त्यो निर्देशन अनुसार अब अस्पतालमा भर्ना हुन धरौटी राख्न नपर्ने अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले स्पष्ट पार्नुभएको छ ।

यो पनि पढ्नुस्
शुक्रराज ट्रपिकलले तोक्यो कोभिड–१९ को उपचार खर्च

धरौटी राख्न नसक्ने संक्रमितले उपचार पाएनन्, कहाँ छ कम्युनिष्ट सरकार ? (भिडियोसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *