सफाइ कर्मचारीलाई ज्वरो नाप्न पठाउने गांगुली आइसोलेसनका चिकित्सक फिर्ता

७ भदौ, २०७७, धनुषा । धनुषाको नगराइन नगरपालिकास्थित गांगुली आइसोलेसनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमलाई प्रादेशिक अस्पताल फिर्ता बोलाइएको छ ।
सरसफाइ कर्मचारीलाई ज्वरो नाप्न पठाएर आफू आराम गरेको आरोप लागेका एक चिकित्सकसहित स्वास्थ्यकर्मीको टिमलाई फिर्ता बोलाएको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड– नाइन्टिनका संयोजक डाक्टर जामुन सिंहले जानकारी दिनुभयो ।
हिजो आइसोलेसनमा सरसफाइको काम गर्ने एक कर्मचारीलाई थर्मल गन दिएर बिरामीको ज्वरो नाप्न पठाइएको थियो । ज्वरो नाप्न गएका ती कर्मचारीले आफूलाई डाक्टरले नै पठाएको बताएका थिए ।
सफाइ कर्मचारी ज्वरो नाप्न आइसोलेसनभित्र पुगेको भिडियो सार्वजनिक भएपछि स्वास्थ्यकर्मीको टोलीलाई फिर्ता पठाएर अर्को टिम पठाउने तयारी भइरहेको डा। सिंहले बताउनुभयो ।
यो पनि हेर्नुहोस्
बिरामी जाँच्न सफाइ कर्मचारी आइसोलेशनमा पुगेपछि….(भिडियोसहित)
प्रतिक्रिया