Main News

बिरामी जाँच्न सफाइ कर्मचारी आइसोलेशनमा पुगेपछि….(भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ६ गते २०:१०
बिरामी जाँच्न सफाइ कर्मचारी आइसोलेशनमा पुगेपछि….(भिडियोसहित)

६ भदौ, २०७७, जनकपुरधाम । सरकारले सञ्चालन गरेका क्वारन्टिन र आइसोलेसन सेन्टरमा कतिसम्म लापरबाही हुन्छ भन्ने एउटा उदाहरण धनुषा जिल्लामा देखिएको छ ।

धनुषाको नगराइन नगरपालिकाको गंगुलीस्थित क्षेत्रीय आइसोलेसन सेन्टरमा आज जे भयो, त्यसले कोरोना संक्रमणको रोकथाममा कतिसम्म लापरबाही भएको छ भनेर छर्लङ पारेको छ ।

शरीरमा पीपीई लगाएका । मुखमा मास्क र फेससिल्ड लगाएका । अनि हातमा थर्मल गन बोकेका यी को होलान् ? यी कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी हुन् भन्ने ठान्नुभयो भने तपाई गलत हुनुहुन्छ ।

किनकी यि त डाक्टर वा स्वास्थ्यकर्मी हैनन् । उनी हुन यो क्वारन्टिनमा सरसफाई गर्ने सफाई कर्मचारी । उनलाई डाक्टरले बिरामी जाँचेर आइज भनेर यो थर्मल गन दिएर पठाएका हुन् ।

मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा प्रदेश २ को सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको आइसोलेसन सेन्टरमै यस्तो स्थिति छ भने दुर्गम गाउँका आइसोलेशन सेन्टर र क्वारन्टिनको अवस्था के होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *