प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले नै मर्यादा नाघेपछि…

काठमाडौं । केही दिन अगाडिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया र बुद्धिजीवीले भाषाको मर्यादा मिचेको भनेर खुवै आलोचना गर्नुभएको थियो । तर, आज उहाँकै प्रमुख सल्लाहकार विष्णु रिमालले भाषाको मर्यादालाई किनारा लगाएर ट्वीट गर्नुभएको छ ।
संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारको आलोचना नगर्न निर्देशन दिएलगत्तै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलले भारतबाट परीक्षण गरेर मात्रै तरकारी आयात गर्ने निर्णय उल्टाएको भन्दै सरकारको आलोचना गर्नुभएको थियो ।
त्यसैको जवाफमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको ट्ववीट आएको हो । प्रमुख सल्लाहकार रिमालले लगातार सरकार विरोधी अभिव्यक्ति दिनु स्वविवेकको कदम वा अरुबाट परिचालित भनेर प्रश्न उठाउनु भएको छ । पार्टी र सरकारबीच तालमेल नभएको र सरकारले गलत निर्णय गर्दै गएको नेकपामा नेताहरुले लगातार सरकारका निर्णयमाथि प्रश्न उठाएका छन् । भारतीय तरकारी आयातबाहेक अहिले विवादमा आईफा अवार्डको विषय पनि छ । पार्टी नेता र सांसदबाटै सरकारको आलोचना भएकोमा प्रधानमन्त्री ओलीको पनि आक्रोश छ ।
भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेकोमा उहाँहरुले आपत्ति जनाउनु भएको थियो ।
पार्टी अध्यषद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र कुनै विवाद नरहेको र केही दिनमा एकता सम्बन्धी बाँकी काम टुंगाउने दावी गरिरहेका बेला सरकारको कामलाई लिएर सत्तारुढ दलभित्र फेरि नयाँ विवाद शुरु भएको छ ।
प्रतिक्रिया