सङ्क्रमित

भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

२८ वैशाख २०७८ भजनी । कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता...

शय्या र अक्सिजन नपाएर ज्यान गुमाउँदै सङ्क्रमित

२६ वैशाख २०७८ भक्तपुर । चाँगुनारायण नगरपालिका–६ नगरकोटका नारायणप्रसाद लामिछानेको आइसियू र भेन्टिलेटर खोज्दाखोज्दै ज्यान गयो । कोरोना सङ्क्रमित भएपछि होम आइसोलेसनमा बसे पनि श्वासप्रश्वासमा समस्या आएपछि यही वैशाख २१ गते उपचारका लागि भक्तपुर अस्पतालमा भर्ना भएका लामिछानेले आइसियू...

गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने

२६ वैशाख २०७८ बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको...

अक्सिजनका भरमा कोरोनासित जुध्दै सङ्क्रमित

२४ वैशाख २०७८ महेन्द्रनगर । दैनिक चारदेखि सात अक्सिजन सिलिण्डर मात्रै भर्न मिल्ने प्लान्ट रहेको अस्पतालमा कोरोना सङ्क्रमणको महामारीमा सङ्क्रमितको उपचार कस्तो होला? सहजै अनुमान गर्न सक्छौं, स्थिति सकसपूर्ण । अक्सिजन आपूर्तीमा सकस, रहेका ६ सघन उपचार कक्ष( आइसियू)...

कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित

२४ वैशाख २०७८ ओखलढुंगा । ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ...

अभावका बीच सङ्क्रमितको उपचारमा महाकाली अस्पताल

२२ वैशाख २०७८ कञ्चनपुर । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएयता कञ्चनपुरको महेनद्रनगरस्थित महाकाली अस्पताल भरिभराउ छ । कोरोना बढ्दो चरणमा रहेसँगै अस्पतालमा दैनिक डेढ सयदेखि दुई सयजना शङ्कास्पद बिरामीहरु पिसिआर परीक्षणका लागि आउने गरेका छन् । भएको...

चरम अक्सिजन अभाव, दाङमा थप दुईजना सङ्क्रमितको मृत्यु

१९ वैशाख २०७८ दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना...

कोरोना सङ्क्रमित बढ्दा अस्पतालमा साधन स्रोतको अभाव हुँदै

१६ वैशाख २०७८ सुदूरपश्चिम । कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा शय्या र दक्ष जनशक्तिलगायत स्रोत साधनको अभाव देखिन थालेको छ । महाकाली अस्पतालमा शङ्कास्पदको नमूना परीक्षण गर्न आवश्यक पर्ने...

पर्सामा आज एकै दिन १ सय ६९ कोरोना सङ्क्रमित भेटिए

१६ वैशाख २०७८ पर्सा । पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र...

चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय नाघ्यो

१५ वैशाख २०७८ चितवन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या पाँच सय कटेको छ । जिल्लामा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७९ पुगेको छ । एकै दिन मङ्गलबार १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ...