Main News

बढ्यो कोरोना सङ्क्रमण, १६८ सङ्क्रमित थपिए

२०७९ असार २७ गते १७:२४
बढ्यो कोरोना सङ्क्रमण, १६८ सङ्क्रमित थपिए

२७ असार २०७९ काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार २० परीक्षण गर्दा आज सो सङ्ख्यामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७७० रहेको छ । सो अवधिमा ३७ सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७२४ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । काठमाडौँमा २०० बढी सक्रिय सङ्क्रमित छन् ।

होम आइसोलेशनमा ७४९, संस्थागत आइसोलेशनमा २१ रहेका छन् । सघन उपचार कक्ष (आइसियु) मा १२ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *