Main News

डेङ्गु सङ्क्रमित ३० हजारभन्दा धेरै, परीक्षणको किट अभाव नभएको सरकारको दाबी

हिमालय टिभी
२०७९ असोज १७ गते ९:५८
डेङ्गु सङ्क्रमित ३० हजारभन्दा धेरै, परीक्षणको किट अभाव नभएको सरकारको दाबी

१७ असोज २०७९ काठमाडौं । डेङ्गु परीक्षणका लागि किट अभाव नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाबी गरेको छ ।

समुदायस्तरमै डेङ्गु फैलिएपछि यसको परीक्षण गर्न आवश्यक किट पनि समुदायस्तरमै उपलब्ध रहेकाले स्थानीय तहमार्फत डेङ्गु परीक्षण गर्न सकिने मन्त्रालयको भनाइ छ ।

डेङ्गु परीक्षण गर्दै आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला दसैँ बिदा परेर बन्द गरिएपछि सर्वसाधारण नागरिक भने असन्तुष्ट छन् ।

दसैँ बिदाको समयमा हिजोदेखि आउँदो शुक्रवारसम्म प्रयोगशालामा डेङ्गी परीक्षण बन्द गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले स्थानीयस्तरमा नै परीक्षणको व्यवस्था मिलाइएकाले नागरिकको सेवा प्रवाहमा असर नपर्ने दाबी गर्नुभयो ।

हाल देशका ७६ जिल्लामा गरी ३० हजारभन्दा बढीमा डेङ्गी सङ्क्रमण फैलिसकेको छ भने ३९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *