Main News
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
२०७९ भदौ ४ गते ७:४२

४ भदौ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा पदाधिकारी टुंगो लगाउने सम्भावना रहेको बताइएको छ । महासचिवमा ७ जनाले दाबी नछाडेपछि माओवादीमा पदाधिकारी टुंगो लगाउन सकस भएको छ ।
यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने तयारी गरेपनि महासचिवका आकांक्षी धेरै भएपछि बैठक टुंगोमा पुग्न सकेको थिएन ।
आज पुनः बैठक बसेर पदाधिकारी टुंगो लगाउने तयारी रहेको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया