Main News

बलात्कार आरोपमा मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

हिमालय टिभी
२०७९ जेठ ९ गते १७:०५
बलात्कार आरोपमा मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

९ जेठ २०७९ काठमाडौं । बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

​​​​​​​सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाण्डेलाई ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *