Main News
बलात्कार आरोपमा मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति
२०७९ जेठ ९ गते १७:०५

९ जेठ २०७९ काठमाडौं । बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाण्डेलाई ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।
पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति प्रदान गरेको छ ।
प्रतिक्रिया