Main News

सन्तानको कामना-जीवनभर बुवाको मुख हेर्न पाइयोस् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २२ गते २०:४२
सन्तानको कामना-जीवनभर बुवाको मुख हेर्न पाइयोस् (भिडियो रिपोर्टसहित)

२२ भदौ २०७८ काठमाडौं । आज बुबाको मुख हेर्ने दिन । आजको दिन पिताको सम्मान, सम्झना र बुबालाई उपहार दिएर बुबाको मुख हेर्ने दिन मनाइयो ।

यो दिन प्रत्येक बुबा र सन्तानको लागि विशेष दिन हो । तर बुबाहरुले सन्तानबाट आज एक दिन मात्र हैन, जीवनभर बुबाको मुख हेर्ने दिन होस् भन्ने चाहेका छन् ।

जो हरेक समस्यासँग जुधेर सन्तानलाई खुसी दिन्छन् । सन्तान खुसी भएको हेर्दै आफ्नो आँशु र पीडा लुकाउँछन् ।

आफ्नो सन्तान सानो हुँदा डोर्‍याउँदै हिड्छन् । उनीहरुले चपाउन नसक्दा चपाएर खुवाउछन् । जब बाहरु, हिड्न नसक्ने हुन्छन् । उनीहरु छोराछोरी बुढेशकालको लाठी बनुन् भन्ने चाहन्छन् ।

आज बाबुको मुख हेर्ने दिन धेरै सन्तानले सामाजिक सञ्जालमा आफ्ना बाबुको तस्बिर राखेका छन् । तर बाहरुले फेसबुकको भित्तामा मात्रै होइन, छोराछोरीले मायाका शब्द अगाडी आएरै बोलुन् भन्ने चाहना राख्ने गरेका छन् ।

दुःखसुख जे भए पनि सन्तानसँगै बस्न पाउँ भन्ने हरेक बा आमाको चाहना हुन्छ ।

तर पनि कामका कारणले र अरु पारिवारिक कारणले बा आमाहरु सन्तानबाट टाढिएका छन् । र सन्तानसँग टाढिएकोमा हरेक बा आमा दुखी छन् ।

सन्तानकै लागि हरेक पटक बाहरु रुन्छन् । तर आँशु देखाउँदैनन् । सन्तानकै शिक्षा दिक्षाका लागि आफ्नो पुरै जीवन खर्चन्छन् ।

उनीहरुलाई बाल्यकालमा जसरी हुर्काएको छ, आफु कमजोर हुँदा सन्तानले पनि त्यसरी नै स्याहार सुसार गरोस् भन्ने चाहाना बाहरुले राख्ने गर्छन् ।

सबै बुबाआमाले सन्तानको सफलता, खुसी, प्रगतीको कामना गरिरहेका हुन्छन् । तर आफ्नो सन्तानको प्रगती र खुसीको कामना गर्ने आमाबुबाहरु बुद्धाश्रमसम्म बेखुसीको जीवन भने विताइरहेका हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *