सन्तानको कामना-जीवनभर बुवाको मुख हेर्न पाइयोस् (भिडियो रिपोर्टसहित)
२२ भदौ २०७८ काठमाडौं । आज बुबाको मुख हेर्ने दिन । आजको दिन पिताको सम्मान, सम्झना र बुबालाई उपहार दिएर बुबाको मुख हेर्ने दिन मनाइयो ।
यो दिन प्रत्येक बुबा र सन्तानको लागि विशेष दिन हो । तर बुबाहरुले सन्तानबाट आज एक दिन मात्र हैन, जीवनभर बुबाको मुख हेर्ने दिन होस् भन्ने चाहेका छन् ।
जो हरेक समस्यासँग जुधेर सन्तानलाई खुसी दिन्छन् । सन्तान खुसी भएको हेर्दै आफ्नो आँशु र पीडा लुकाउँछन् ।
आफ्नो सन्तान सानो हुँदा डोर्याउँदै हिड्छन् । उनीहरुले चपाउन नसक्दा चपाएर खुवाउछन् । जब बाहरु, हिड्न नसक्ने हुन्छन् । उनीहरु छोराछोरी बुढेशकालको लाठी बनुन् भन्ने चाहन्छन् ।
आज बाबुको मुख हेर्ने दिन धेरै सन्तानले सामाजिक सञ्जालमा आफ्ना बाबुको तस्बिर राखेका छन् । तर बाहरुले फेसबुकको भित्तामा मात्रै होइन, छोराछोरीले मायाका शब्द अगाडी आएरै बोलुन् भन्ने चाहना राख्ने गरेका छन् ।
दुःखसुख जे भए पनि सन्तानसँगै बस्न पाउँ भन्ने हरेक बा आमाको चाहना हुन्छ ।
तर पनि कामका कारणले र अरु पारिवारिक कारणले बा आमाहरु सन्तानबाट टाढिएका छन् । र सन्तानसँग टाढिएकोमा हरेक बा आमा दुखी छन् ।
सन्तानकै लागि हरेक पटक बाहरु रुन्छन् । तर आँशु देखाउँदैनन् । सन्तानकै शिक्षा दिक्षाका लागि आफ्नो पुरै जीवन खर्चन्छन् ।
उनीहरुलाई बाल्यकालमा जसरी हुर्काएको छ, आफु कमजोर हुँदा सन्तानले पनि त्यसरी नै स्याहार सुसार गरोस् भन्ने चाहाना बाहरुले राख्ने गर्छन् ।
सबै बुबाआमाले सन्तानको सफलता, खुसी, प्रगतीको कामना गरिरहेका हुन्छन् । तर आफ्नो सन्तानको प्रगती र खुसीको कामना गर्ने आमाबुबाहरु बुद्धाश्रमसम्म बेखुसीको जीवन भने विताइरहेका हुन्छन् ।
प्रतिक्रिया