Main News

विभिन्न मागसहित ट्याक्सी व्यवसायी आन्दोलित (फोटो फिचर)

हिमालय टिभी
२०७७ माघ २४ गते १४:३४
विभिन्न मागसहित ट्याक्सी व्यवसायी आन्दोलित (फोटो फिचर)

२४ माघ २०७७ काठमाडौं । विभिन्न मागसहित काठमाडौं उपत्यकाका ट्याक्सी ब्याबसायी आन्दोलित भएका छन् ।

आज आफ्ना ट्याक्सीसहित र्‍याली निकालेका व्यवसायीहरुले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् । यस्तै व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सीलगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन् ।

वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पूँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित भएका हुन् ।

राष्ट्रिय पूँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरेर व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी र्‍यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताउनुभयो ।

ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग पनि राखिएको छ । ट्याक्सी व्यवसायीहरु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाडौ उपत्यकाको बिभिन्न स्थानबाट र्‍यालीसहित माइतीघर मण्डलामा भेला भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *