विभिन्न मागसहित ट्याक्सी व्यवसायी आन्दोलित (फोटो फिचर)
२४ माघ २०७७ काठमाडौं । विभिन्न मागसहित काठमाडौं उपत्यकाका ट्याक्सी ब्याबसायी आन्दोलित भएका छन् ।
आज आफ्ना ट्याक्सीसहित र्याली निकालेका व्यवसायीहरुले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् । यस्तै व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सीलगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन् ।
वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पूँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित भएका हुन् ।
राष्ट्रिय पूँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरेर व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी र्यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताउनुभयो ।
ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग पनि राखिएको छ । ट्याक्सी व्यवसायीहरु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाडौ उपत्यकाको बिभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएका थिए ।
प्रतिक्रिया