Main News

राष्ट्रियसभा – वृद्ध नेता थन्काउने थलो !

हिमालय टिभी
२०८१ फागुन ५ गते २०:२०
राष्ट्रियसभा – वृद्ध नेता थन्काउने थलो !

काठमाडौं : राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रिय सभालाई वृद्धसभा भन्दै फेसबुक स्टाटस लेखेपछि विरोध भइरहेको छ । उहाँको स्टाटसमा राष्ट्रिय सभा बैठकमा सांसदहरुले खेद प्रकट गरे ।

राष्ट्रिय सभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ ? भन्दै एक साताअघि शाहीले स्टाटस लेख्नुभएको थियो । सरकारले ६८ वर्षमाथिका नागरिकलाई वृद्धको रुपमा पहिचान गरी मासिक भत्ता दिँदै आएको छ । के शाहीले भने झैं राष्ट्रिय सभा वृद्धाहरुको सभा भएको हो ? ५९ जना राष्ट्रिय सभा सदस्य कति उमेरका छन् ? हेरौं ।

के तपाईंलाई थाहा छ राष्ट्रिय सभा सदस्य बन्न कति वर्ष पुरा भएको हुनुपर्छ ? राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभा सदस्य बन्ने उमेर नै तोकिएको छ । ऐन दफा ११ को उपदफा ‘ख’ अनुसार ३५ वर्ष उमेर पुरा भए मात्रै राष्ट्रिय सभा सदस्य बन्न पाईंन्छ । ३५ वर्ष उमेर पुगेकाहरु सात प्रदेशबाट ८–८ जना गरि ५६ जना निर्वाचित भएर आउँछन् । बाँकी ३ जना राष्ट्रिपतिले मानोनित गर्ने प्रावधान छ । निर्वाचित र मानोनित गरि ५९ सदस्यीय राष्ट्रिय सभा बन्छ । शाहीले वृद्धाहरुको सभा भन्नुभएको राष्ट्रिय

सभाका अहिलेका सदस्यका उमेर कति छ त ?

३५ देखि ४० वर्ष उमेर समूहका सांसद : शून्य
४० देखि ५० वर्ष उमेर समूहका सांसदहरु ८ जना
घनश्याम रिजाल- ४४ वर्ष
जगतबहादुर पार्की- ४८ वर्ष
पदमबहादुर परियार- ४३ वर्ष
पुजा चौधरी- ४५ वर्ष
भगवती न्यौपाने- ४८ वर्ष
मनरुपा शर्मा- ४४ वर्ष
रेनु चन्द- ४४ वर्ष
राधेश्याम पासवान- ४९ वर्ष
५० वर्षदेखि ६० वर्ष उमेर समूहका सांसदहरु १९
विमला घिमिरे- ५२ वर्ष
अन्जान शाक्य- ५१ वर्ष
कृष्णबहादुर रोकाय- ५७ वर्ष
गोपी आछामी- ५० वर्ष
गंगाकुमारी वेल्वासे- ५५ वर्ष
जयन्तीदेवी राई- ५७ वर्ष
जगतप्रसाद शर्मा- ५३ वर्ष
जितजंग बस्नेत- ५२ वर्ष
तुलसाकुमारी दाहाल- ५७ वर्ष
दुर्गाकुमारी गुरुङ- ५५ वर्ष
नरबहादुर विष्ट- ५६ वर्ष
नारायणदत्त भट्ट- ५९ वर्ष
मदनकुमारी शाह- ५८ वर्ष
मोहमद खालिद- ५५ वर्ष
राजेन्द्रलक्ष्मी गैरे- ५७ वर्ष
विष्णुकुमारी सापकोटा- ५८ वर्ष
श्रीकृष्णप्रसाद अधिकारी- ५८ वर्ष
सावित्रा वि.सी- ५३ वर्ष
सोनाम गेल्जेन शेर्पा- ५६ वर्ष

६० वर्षदेखि ७० वर्ष उमेर समूहका सांसदहरु २०

नारायणप्रसाद दाहाल- ६९ वर्ष
इन्दिरादेवी गौतम- ६९ वर्ष
उदयबहादुर बोहरा- ६८ वर्ष
उर्मिला अर्याल- ६८ वर्ष
कमलादेवी पन्त- ६८ वर्ष
किरणबाबु श्रेष्ठ- ६७ वर्ष
कृष्णप्रसाद पौडेल- ६३ वर्ष
गोमादेवी तिमिल्सिना- ६९ वर्ष
झक्कुप्रसाद सुवेदी- ६३ वर्ष
तारामान स्वार- ६६ वर्ष
तुलप्रसाद विश्वकर्मा- ६६ वर्ष
देवेन्द्र दाहाल- ६६ वर्ष
नारायणकाजी श्रेष्ठ- ६४ वर्ष
भुवनबहादुर सुनार- ६९ वर्ष
मायाप्रसाद शर्मा- ६१ वर्ष
मृगेन्द्रकुमार सिंह यादव- ६९ वर्ष
रुक्मिणी कोइराला- ६७ वर्ष
विष्णुबहादुर विश्वकर्मा- ६२ वर्ष
शेखरकुमार सिंह- ६९ वर्ष
सुमित्रा वि.सी- ६९ वर्ष

७० वर्ष भन्दा बढी उमेरका सांसदहरु १२

आनन्दप्रसाद ढुंगाना- ७४ वर्ष
कृष्णप्रसाद सिटौला- ७८ वर्ष
गोपालकुमार बस्नेत- ७९ वर्ष
गोपाल भट्टराई- ७४ वर्ष
नारायणदत्त मिश्र- ७१ वर्ष
बलदेव बोहरा- ७० वर्ष
बामदेव गौतम- ७६ वर्ष
बेदुराम भुसाल- ७० वर्ष
युवराज शर्मा- ७४ वर्ष
विष्णुदेवी पुडासैनी- ७४ वर्ष
शारदादेवी भट्ट- ७५ वर्ष
सुरेशकुमार आलेमगर- ७१ वर्ष

यसरी हेर्दा ६० देखि ७० वर्ष उमेर समूहका सबै भन्दा धेरै २० जना राष्ट्रिय सभा सदस्य भएको देखिएको छ । यस्तै ७० वर्ष भन्दा बढीका १२ जना, ५० देखि ६० वर्ष उमेर समूहका १९ जना र ४० देखि ५० वर्ष उमेर समूहका ८ जना रहेको देखिएको छ । संविधानले नै ३५ वर्ष पूरा भएकालाई राष्ट्रिय सभा सदस्य बन्न दिएको भए पनि ३५ देखि ४० वर्ष उमेर समूहका कोही पनि सांसद भएको देखिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *