काठमाडौं : जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनल पुगेको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल तयार पारेको थियो । खराब ब्याटिङ गरेको कर्णालीका ओपनर जयकिशन कोल्सावाला १ रनमा आउट भए । अर्का ओपनर देव खनालले २४ रन जोडे । विलियम बोसिस्टोले १४ रन बनाए । जिशान मक्सुद १२ रनमा अउट भए । गुलशन झाले सर्वाधिक २५ रन युनिस विक्रमसिंह ठकुरी १२ रनमा आउट हुँदा कप्तान सोमपाल कामी ५ रनमा बाहिरिए । नन्दन यादव ४ रनमा नट आउट रहे ।
जनकपुरका लागि जिम्मी निसम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २–२ तथा हर्ष ठाकर र शेर मल्लले समान ११ विकेट लिए । १ सय १९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जनकपुरले १९ ओभरमा मात्रै लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि जिम्मी निसमले सर्वाधिक ४५ रन बनाए । कर्णालीका विपिन शर्माले ३ विकेट लिए ।
जनकपुरले अब शनिबार सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल खेल्नेछ ।
प्रतिक्रिया