Main News

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उठेको एसपीपी र स्टार लिंक के हो ?

हिमालय टिभी
२०८१ भदौ ७ गते २०:२६
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उठेको एसपीपी र स्टार लिंक के हो ?

काठमाडौं : प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा एकजना सांसदले अमेरिकी कार्यक्रम स्टेट पार्टरनशिप प्रोग्राम एसपीपी र स्टार लिंक स्टेशनबारे प्रश्न गरेका थिए ।

अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर वर्माको नेपाल भ्रमणका क्रममा यी विषयमा समझदारी बनेको सुन्नमा आएको माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले उठाउनुभएको थियो । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै छलफल नभएको प्रष्ट्याउनुभएको छ । के हो त एसपीपी र स्टार लिंक ? हामीले खोतल्ने प्रयास गरेका छौं ।

सांसदहरु विषयगत ज्ञान कति राख्लान ? आम प्रश्न हो, यो । कुनै विषयमा संसदमा कुरा उठाउँदा त्यसका प्रभावहरु दीर्घकालीन पनि पर्न जान्छन् । कतिपय त अध्ययन गरेरै जालान तर, कतिपय सुनेको भरमा प्रश्न गरिरहेका हुन्छ ।
यो हामीले भनेको होइन, एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार संसदमा प्रश्नोत्तर कार्यक्रममा माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले सोधेको प्रश्न हेरौं ।

उहाँभन्दै हुनुहुनुहुन्थ्यो, अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर वर्मासँगको भेटवार्तामा अमेरिकी कार्यक्रम स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी र स्टार लिङ्कबारे कुरा भएको हो ? प्रधानमन्त्री केपी शर्मा ओलीले ति दुबै परियोजनाबारे कुरा नभएको प्रष्ट्याउनुभएको थियो । सांसद मगरले सोधेको एसपीपी परियोजना के हो त ?

एसपीपीबारे नेपालमा के भएको थियो ?

नेपालले २०७२ साल कात्तिक १० गते एसपीपी कार्यक्रमका लागि अमेरिकी सरकारलाई पत्राचार गरेको थियो । पछि २०७४ मा फेरि सरकारले अमेरिकासँग ताकेता गर्यो । त्यसपछि २०७६ जेठ १८ मा अमेरिकाले एसपीपी हिन्द–प्रशान्त रणनीतिको अंग भएको र नेपाल त्यसमा सामेल भएको प्रतिवेदन सार्वजनिक गर्यो । यहाँ यसको विरोध सुरु भयो । सत्तारुढ गठबन्धन माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरुले नै विरोध गरेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ असार ६ गते एसपीपी अस्वीकारको पत्र पठाउने निर्णय मन्त्रिपरिषद्बानटै गराउनुभयो ।
लगतै चीनले यो निर्णयको स्वागत गर्यो । त्यसपछि हालसम्मलाई यो विषयले प्रवेश पाएको छैन । सक्किसकेको विषय उठाएर ठूला नेताहरुले नै विश्व राजनीतिको कृडास्थल बनाउने बाटो खोलिरहेका छन् ।

के हो एसपीपी ?

एसपीपी अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक–आदानप्रदान कार्यक्रम हो । अमेरिकी नेशनल गार्डले भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद् विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ ।
विश्वव्यापी कार्यक्रममार्फत अमेरिकी नेशनल गार्ड र साझेदार देशहरूले साझा रक्षा सुरक्षा लक्ष्यको समर्थनमा सेना–सेनाबीचको तालिम र शैक्षिक गतिविधि सञ्चालन गर्दछन् । कार्यक्रमले सैन्य, सरकारी, आर्थिक र सामाजिक क्षेत्रहरूमा द्विपक्षीय आदानप्रदानको सदुपयोग गर्दछ ।

नेपालसँग अमेरिकाको सैन्य सम्बन्धमा आधारित धेरै कार्यक्रमहरु चल्दै आएको छ । २०७२ को विनाशकारी भूकम्प होस् वा कोरोना महामारी अमेरिकाले नेपाली सेनासँग मानवीय तथा विपद् राहत कार्यक्रम सञ्चालन गर्दै आएको छ । यीनै कार्यक्रम र सहयोगलाई एसपीपीको छातामा राख्ने गरेको अमेरिकी दाबी छ । यो बंगलादेशसहित ९० देशमा चलिरहेको छ ।

स्टार लिङ्क

एसपीपी र स्टार लिङ्क नितान्त फरक विषय हुन् । यो व्यापारिक विषय हो । अमेरिकी व्यापारी एलन मस्कले इन्टरनेट सहज बनाउन भूउपग्रह प्रणालीमार्फत सेवा दिने हो । यो अग्ला–होचा वा अतिग्रामिण भेगमा पनि इन्टरनेटको सहज प्रयोगको सम्भावनालाई बढाउनेछ । स्टार लिंकले करिब ४२ हजार भू–उपग्रहसहित छाड्ने घोषणा गरेको छ ।
जुलाईसम्म ६ हजार २ सय ८१ स्याटेलाइट प्रक्षेपण भइसकेको छ । अमेरिका, क्यानाडा, ब्राजिल, अष्ट्रेलिया, मंगोलिया जस्ता ४० मुलुकमा यो स्टारलिङ्क इन्टरनेट सेवा उपलब्ध छ । भुटानमा यसै वर्ष, श्रीलंका, बंगलादेशमा अर्कोवर्ष जडान हुँदैछ । स्टार लिङ्कले
अहिले उपलब्ध गराएको इन्टरनेट सेवाको गति प्रतिसेकेन्ड १०० मेगा बाइटभन्दा बढी रहेको दाबी गरिएको छ ।

अहिले नेपालमा प्रयोग भइरहेको इन्टरनेटको गति औषतमा प्रति सेकेन्ड ५६ मेगावाइट रहेको छ । स्टार लिङ्कले नेपालमा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ । तर, नियमन निकाय दूरसंचार प्राधिकरण कुरा नआएको बताउँछ ।
यही विषयमा माओवादी सांसद पूर्णबहादुर घर्ती मगरले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुभएको हो । उहाँले एसपीपी र स्टार लिङ्कलाई अमेरिकी सरकारको योजना मान्नुभएको छ । एसपीपी अमेरिकी रणनीति हो भने स्टार लिङ्क विशुद्ध व्यापार हो ।
यी दुबै अलग हुन् । यतिमात्र हो कि स्टार लिङ्क अमेरिकी नागरिकको व्यवसाय भएकाले उसले समर्थन गर्न सक्छ ।

? यी प्रश्नमा सरकारले प्रष्ट जवाफ दिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *