Main News

एक वर्षमा १४ खर्ब रेमिट्यान्स भित्रँदा विद्यार्थीसँगै १ खर्ब बाहिरियो

हिमालय टिभी
२०८१ भदौ ३ गते १३:४०
एक वर्षमा १४ खर्ब रेमिट्यान्स भित्रँदा विद्यार्थीसँगै १ खर्ब बाहिरियो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत छ । अर्थात् अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत हुँदै गएको छ। विदेशी मुद्रा सञ्चितिले ऐतिहासिक रेकर्ड कायम गरेको छ। महंगीदर २ दशमलव ३ प्रतिशत घटेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको आर्थिक स्थिति अनुसार बाह्य क्षेत्रमा देखिएको दबाबको अवस्थाबाट मुलुक निकै सुविधाजनक अवस्थामा आइपुगेको छ। अघिल्लो वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताको कारण गत वर्ष मुलुकका धेरै सूचकांकमा सुधार भए पनि अर्थतन्त्रले अपेक्षित गतिशिलता पाइरहेको छैन। बढ्दो रेमिटेन्स, दुई वर्षदेखि आयातमा आएको संकुचन, कर्जा लगानीमा आएको संकुचनले बाह्य क्षेत्रको दबाब भने हटेको छ ।
कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको छ । तथ्यांक अनुसार अर्थतन्त्रको वाह्य क्षेत्र थप बलियो अवस्थामा पुगेको छ । एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति ३०.४ प्रतिशतले बढ्दा वाह्य क्षेत्र बलियो भएको हो । शोधान्तर स्थित ५ खर्ब २ अर्बले बचतमा हुनुको साथैं चालु खाताको बचत समेत नितन्तर बढ्दा समग्र विदेशी मुद्राको सञ्चिति बढेको हो । राष्ट्र बैंकले प्रकाशित गरेको देश वर्तमान आर्थिक स्थितिको तथ्यांक अनुसार एक वर्षको अवधीमा विदेशी मुद्राको सञ्चिति बढेर १५ अर्ब २४ करोड डलर पुगेको हो ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०–८१ मा निजी क्षेत्रतर्फ जाने कर्जाको लक्ष्य ११ दशमलव ५ प्रतिशत राखेको भए पनि त्यो लक्ष्य पूरा हुन सकेन। आर्थिक शिथिलताले कर्जा मागमा आएको कमी र राष्ट्र बैंकले चालु पुँजी कर्जा लगायतमा गरेको केही नीतिगत कडाइले समेत कर्जा विस्तार लक्ष्य अनुसार हुन नसकेको हो। गत आर्थिक वर्षभरीमा निजी क्षेत्रतर्फ गएको कर्जा ५.८ प्रतिशतले बढेर ५० खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ। यसअघि यस्तो कर्जा ३.८ प्रतिशतले बढेर ४७ खर्ब ९७ अर्ब रूपैयाँ पुगेको थियो। बैंकहरूको पाकेर पनि उठाउन नसकेको ब्याज एक खर्ब १९ अर्ब रूपैयाँ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *