बिशेष

२२ माघमा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

हिमालय टिभी
२०८० माघ ९ गते १७:३०
२२ माघमा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

९ माघ २०८० काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो । यस्तै सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा। असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको गरेको छ ।

बैठकले जापान सरकारबाट कोटेश्वर इन्टरशेक्सन इम्पूवमेण्ट आयोजना कार्यान्वयनको लागि प्रश्तावित ३४ अर्ब ४९ करोड जापानी येन करिव ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धि मस्यौदा अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

कोटेश्वर चोक सुधार परियोजनाका लागि सरकारले जापानसँग सहुलियतपूर्ण ऋण लिन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्