बिशेष

यस वर्षको एसईईको तालिका सार्वजनिक

हिमालय टिभी
२०८० माघ ८ गते १५:३२
यस वर्षको एसईईको तालिका सार्वजनिक

८ माघ २०८० काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक गरेको छ ।

एसईई आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।

१६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ ।

यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्