बिशेष

नेपालीलाई फर्काउन रुस मान्ने स्थिति नरहेको प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण

हिमालय टिभी
२०८० माघ ७ गते १३:४८
नेपालीलाई फर्काउन रुस मान्ने स्थिति नरहेको प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण

७ माघ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउने पहल भएपनि पनि रुसले मान्ने स्थिति नरहेको बताउनु भएको छ ।

युगाण्डामा असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलन सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति नरहेको बताउनुभएको हो ।

नेपालीहरु रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील रहेको बताउँदै उहाँले जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीति विपरित विदेशी सेनामा भर्ती नहुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडग्मगाउने उल्लेख गर्नुभयो । ताइवान चीनबाट अलग हुनुपर्छ भन्ने नेपालको नीति नरहेको स्पष्ट पार्नुभयो ।

अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक दलहरुको सहमतिबाटै टुंग्याउने भन्दै हिउँदे अधिवेशनमा प्राथमिकताका विधेयक सदनमा पेश गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्