बिशेष

कामको खोजीमा ६ महिनायता साढे ३ लाख नेपाली विदेशिए

हिमालय टिभी
२०८० माघ ३ गते १७:०२
कामको खोजीमा ६ महिनायता साढे ३ लाख नेपाली विदेशिए

३ माघ २०८० काठमाडौं । रोजगारीका लागि विदेशिने क्रम हिउँदमा निरन्तर बढ्न थालेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०र ८१ को पहिलो ६ महिनामा कामको खोजीमा ३ लाख ४३ हजार बढी नेपाली विदेशिएका हुन् । विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या हो ।

यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा कम भए पनि यस वर्ष सुरुवाती महिनाको तुलनामा भने मंसिर र पुसमा उच्च दरले बढ्न थालेको देखिएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४ लाख १४ हजार बढी विदेशिएका थिए ।

विभागका अनुसार गत साउनमा काम खोज्दै ५५ हजार ५ सय ७५ विदेशिएकोमा पुसमा ६५ हजार ८ सय १३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् । गत ६ महिनामा विदेशिएका करिब साढे ३ लाख नेपालीमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स यूएई गएका छन् ।

उक्त अवधिमा ८४ हजार ८ सय ५५ नेपाली काम खोज्दै विदेशिएको तथ्यांक छ । गत वर्ष निकै धेरै नेपाली पुगेको मलेसियामा भने यस वर्ष नेपाली कामदार संख्या निरन्तर घटिरहेको छ ।

मलेसियामा पुसमा मात्र ८ हजार ९१ नेपाली विदेशिएका छन् । द्वन्द्वबीच इजरायलमा नेपालीको आकर्षण भने घटेको छैन । यो वर्ष ६ महिनामा ३ सय १७ नेपाली श्रम स्वीकृति लिएर इजरायल गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्