Main News

समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्न थालेः मन्त्री शर्मा

हिमालय टिभी
२०८० माघ ३ गते १३:४४
समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्न थालेः मन्त्री शर्मा

३ माघ २०८० काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयकै कारण विद्यार्थी विदेसिएको दावी गर्नुभएको छ ।

आज विश्वविद्यँलयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताउनुभएको हो ।

विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासो आएको उहाँको भनाइ छ । अध्ययनरअध्यापन र परीक्षा, नतिजा लगायका विषय सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने उहाँको दावी थियो । उहाँले अनलाइनमाध्यमबाट अघि बढ्न विश्वविद्यालय पनि माथि उठ्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले सूचना तथा सञ्चार क्षेत्रलाई राज्यले अत्यावश्यक रुपमा लिन नसक्दा समस्या देखिएको समेत बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *