बिशेष

प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

हिमालय टिभी
२०८० माघ ३ गते १३:३३
प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

३ माघ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन निर्देशन दिनु भएको छ ।

बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिनुभएको हो ।

प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन बोलाइएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर तथा गृह मन्त्रालयका अधिकारीको उपस्थिति थियो ।

संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुङ्गिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै गम्भीर हुनुपर्ने प्रधानमन्त्रीको जिकिर छ ।

प्रहरी नेपाल (प्रदेश प्रहरी कार्य सञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंग्याउन उहाँको निर्देशन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्