बिशेष

राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

हिमालय टिभी
२०८० माघ २ गते १४:१३
राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

२ माघ २०८० काठमाडौं । राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ ।

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने निर्वाचनको आचारसंहिता मध्यरातदेखि लागू हुन लागेको हो । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले आचारसंहिता लागू हुन्छ ।

आचारसंहित माघ १२ गते अर्थात् निर्वाचन सम्पन्न नभएसम्म लागू हुनेछ । आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीमा लागू हुन्छ । आचारसंहिता अवधिमा कुनै पनि प्रकारले भोट माग्न पाइँदैन । यस अवधिमा कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उद्घाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न निषेध हुन्छ ।

त्यस्तै सामाजिक सञ्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष(विपक्षमा सन्देश, सूचना वा समाचार राख्न मनाही हुन्छ । राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री(वितरण, प्रदर्शनलगायत कार्य गर्नरगराउन नहुने आयोगले स्पष्ट पारेको छ ।

आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, शिक्षक, पत्रकार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुन्छ ।

आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ ।

आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको बताउँदै उल्लंघन भएमा कानूनी कारवाही हुने आयोगले बताएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्