बिशेष

काठमाडौंमा मेलम्चीको पानी पुनःवितरण शुरु

हिमालय टिभी
२०८० माघ १ गते १३:२५
काठमाडौंमा मेलम्चीको पानी पुनःवितरण शुरु

१ माघ २०८० काठमाडौं । वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी काठमाडौंमा आजदेखि मेलम्चीको पानी पुनः वितरण गरिएको छ ।

सिंहदरबारभित्र मेलम्चीको पानी पुनर्वितरण शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकावासीलाई मेलम्चीको खानेपानी वर्षभर नै उपलब्ध गराउन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले मेलम्चीको पानी पथान्तरण कार्यलाई दिगो बनाउने कार्य छिटै सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी पानी समेत निश्चित कार्ययोजना बनाइ अघि बढाइने प्रतिवद्धता जनाउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले चौथो पटक मेलम्चीको पानी वितरणको उदघाटन गर्नु भएको हो । बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो । मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो ।

पहिलो पटक २०७७ साल चैत २० गते पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा झारिएको थियो । जेठ मसान्तमा आएको ठूलो बाढी र पहिरोले मेलम्चीको मुहान क्षेत्र र हेडवर्क्स लगायतका क्षेत्रमा क्षति पुर्याएपछि पानी वितरण पूर्णरुपमा बन्द भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्