बिशेष

गठबन्धनका उम्मेदवारलाई राष्ट्रिय सभा निर्वाचनमा जिताउन शीर्ष नेताहरुको अपिल

हिमालय टिभी
२०८० पुष २९ गते १३:२९
गठबन्धनका उम्मेदवारलाई राष्ट्रिय सभा निर्वाचनमा जिताउन शीर्ष नेताहरुको अपिल

२९ पुस २०८० काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपील गरेका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि भएको भन्दै आफ्ना उम्मेदवार जिताउन अपील गरिएको छ ।

नेताहरुले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेकोमा समेत जोड दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको गठबन्धनको बैठक पछि नेताहरुले संयुक्त अपील जारी गरेका हुन् ।

आगामी माघ ११ गते हुने निर्वाचनमा आठ राजनीतिक दलका महिला समूहतर्फ १८,दलित समूहतर्फ पाँच,अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी ५१ जना उम्मेदवार छन् ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्