बिशेष

बाबुराम नेतृत्वको जसपासँग एकता गर्न प्रचण्ड नेतृत्वमा समिति गठन

हिमालय टिभी
२०८० पुष २८ गते १७:०२
बाबुराम नेतृत्वको जसपासँग एकता गर्न प्रचण्ड नेतृत्वमा समिति गठन

२८ पुस २०८० काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको छ ।

बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकताका लागि यो समिति बनाइएको हो ।

आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो ।

बैठकले विधान सम्मेलनका प्रतिनिधि छनोट मापदण्ड पनि तय गरेको छ । बैठकमा सातै प्रदेशका इन्चार्जहरूले तीन महिने रुपान्तरण अभियान र विधान महाधिवेशनको तयारीबारे रिपोर्टिङ गरेका थिए । बैठकले आगामी फागुन एकदेखि तीन गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रले तीन महिने जागरण अभियान सकेसँगै विधान महाधिवेशनको तयारी गरिरहेको छ । नेपाल समाजवादी पार्टीसँग एकताको प्रयास पनि चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्