बिशेष

विदेश जाँदा लाग्ने खर्च नबढाउन श्रममन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

हिमालय टिभी
२०८० पुष २४ गते १५:१२
विदेश जाँदा लाग्ने खर्च नबढाउन श्रममन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

२४ पुस २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश जाँदा लाग्ने खर्च नबढाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी र सचिवसहितका कर्मचारीसँगको छलफलमा वैदेशिक रोजगारीमा गएकालाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो ।

हालै वैदेशिक रोजगार बोर्ड र मलेसियाको फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर एफडब्लुडब्लुएमसीबीच भएको वैदेशिक रोजगारका विषयमा भएको भनिएको सम्झौतालाई हाल कार्यान्वयन नगर्ने व्यवस्था मिलाई जानकारी गराउनु पर्ने प्रधानमन्त्रीको निर्देशनमा उल्लेख छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र मलेसियाको फरेक वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टरका तानासिलिनले गरेको सम्झौताको वैधानिकतामाथि समेत प्रश्न उठिरहेको बेला प्रधानमन्त्री निर्देशन आएको हो ।

कल्याणकारी काम गर्ने भन्ने आवरणमा कामदारको व्यक्तिगत विवरण संकलनदेखि सबै काम समेटिएको सम्झौता जनवरी १ देखि लागू भएको भनिएको छ । यो सम्झौताअनुसार जाँदा नेपाली कामदारलाई थप ४५ डलर अर्थात ६ हजार रूपैयाँ आर्थिक भार पर्नेछ ।

प्रधानमन्त्री प्रचण्डले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो । वैदेशिक रोजगारीका स(साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन भनिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्