बिशेष

सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडे

हिमालय टिभी
२०८० पुष २४ गते १३:४०
सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडे

२४ पुस २०८० काठमाडौं । सन् २०२३ मा १६ लाखभन्दा बढी नेपालीले देश छाडेका छन् ।

तीमध्ये ७० हजार जनाले स्थायी रुपमा विदेश बस्ने गरी देश छाडेका हुन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि ८ लाख ८ हजार ४ सय १५ जना विदेश गएका छन् ।

पर्यटक भिसामा २ लाख ४ हजार ५ सय १८ जना विदेशिएका छन् । पारिवारिक प्रयोजनका लागि १ लाख ६७ हजार ४ सय ८५ जना विदेश गएका छन् । वैदेशिक अध्ययनका लागि एक वर्षमा १ लाख ८ हजार ५ सय ४२ जना विदेश लागेका छन् ।

यसैगरी अस्थायी आवासीय भ्रमणमा ९२ हजार ३४९ जना विदेश गएका छन् । स्थायी आवासीयतर्फ ७० हजार ९ सय १५ जना विमानस्थल हुँदै बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २ सय ६३ जना, डिपेन्डेन्टमा २० हजार ६ सय १३ जना र उपचारमा १९ हजार जना भन्दा बढी विदेश गएका छन् ।

यसै गरी व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना त्रिभुवन विमानस्थल हुँदै बाहिरिएका छन ।

यस्तै संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरै विदेशिएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्