बिशेष

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता

हिमालय टिभी
२०८० पुष २३ गते १७:०८
राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता

२३ पुस २०८० काठमाडौं । राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ ।

दिउँसो ३ बजेसम्म तोकिएको समयमा सत्तागठबन्धनले गठबन्धन गरेर तथा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तारूढ गठबन्धनको भागबन्डा बमोजिम कोशीमा अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दर्ता पछि पत्रकारहरुसंग कुरा गर्दै सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताउनुभयो ।

कांग्रेसबाट मधेसको अन्य कोटाबाट आनन्दप्रसाद ढुंगाना, बागमतीबाट महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यतर्फ जीतजंग बस्नेतले उम्मेदवारी दिनुभयो ।

कर्णालीको अन्य कोटामा कृष्ण रोकाया, सुदूपश्चिमको अपाङ्गतातर्फ नारायण दत्त भट्ट र अन्यमा बलदेव बोहरा, गण्डकीको अपाङ्गतातर्फ पदमबहादुर परियार र अन्यतर्फ किरणबाबु श्रेष्ठ, लुम्बिनीमा विष्णुदेवी सापकोटाले उम्मेदवारी दिनुभयो ।

यस्तै माओवादीबाट कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दले उम्मेदवारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले १९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा ९ उम्मेदवार बनाएको छ । एमालेबाट उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेका अर्जुन सिंह राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किनु भएको छ ।

मधेश प्रदेशमा अन्य समूहबाट राजपुत उम्मेदवारी दिन पुग्नु भएको थियो । गठबन्धनमा तलमाथि नभए सबै १९ सिटमै सत्तारुढ दलका उम्मेदवारहरू विजयी हुने निश्चित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्