बिशेष

गठबन्धनले लगायो राष्ट्रियसभाको १९ सिट भागबण्डा

हिमालय टिभी
२०८० पुष २२ गते १३:२५
गठबन्धनले लगायो राष्ट्रियसभाको १९ सिट भागबण्डा

२२ पुस २०८० काठमाडौं । सत्ता गठबन्धनमा राष्ट्रिय सभाका रिक्त १९ सिट भागबण्डामा सहमति जुटेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटमा सहमति जुटेको हो । बैठकमा सहभागी नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसले १०,नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको बताउनुभयो ।

हिजो विभिन्न चरणमा बसेको बैठकमा सहमति नजुटेपनि आज बिहान पुनः गठबन्धनको बैठक बसेको हो ।

यसैबीच राष्ट्रियसभाको सिट भागबन्डामा असन्तुष्टि जनाएको एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बैठक केहीबेरमा पार्टी मुख्यालय आलोकनगरमा बस्दैछ । समाजवादीले भागबण्डामा ३ सिट दाबी गर्दै आएको छ ।

उता गठबन्धनको बैठकलगत्तै माओवादी पदाधिकारी बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा राष्ट्रियसभाको उम्मेदवार चयनका विषयमा छलफल भैरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्