बिशेष

प्रहरीको गोली लागेर सर्लाहीमा एक जनाको मृत्यु, प्रशासनद्वारा कफ्र्यु आदेश जारी

हिमालय टिभी
२०८० पुष २० गते १८:०१
प्रहरीको गोली लागेर सर्लाहीमा एक जनाको मृत्यु, प्रशासनद्वारा कफ्र्यु आदेश जारी

२० पुस २०८० सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि भन्दै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

गोली लागेर मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको मृत्यु भएको प्रहरीले जनाएको छ । बरथहवा नगरपालिका मेयरको घरमा आगजनी गरेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपेन्द्र पञ्जियार थारूले वजाकारी दिनुभयो ।

७ जना प्रहरी पनि घाइते भएको थारुको भनाइ छ । बरहथवा नगरपालिकाले बरहथवा–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णयविरुद्ध स्थानीयले सडकमा आगो बाल्दै प्रदर्शन गरेपछि बरहथवा बजार क्षेत्र तनावग्रस्त बनेको छ ।

सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् । उनका अनुसार बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्‍म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।

कर्फ्यू लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न , भेला हुन र बाहिर हिलडुल गर्न पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *