न्यायपरिषद बैठकद्वारा उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)
१८ पुस २०८० काठमाडौं । उच्च अदालतमा रिक्त रहेका ४० जना न्यायाधीशमध्ये ३९ पदमा न्यायाधीश नियुक्त भएका छन् ।
आज बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो । जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन् भने ९ जना कानून व्यवसायी र ४ जना कर्मचारीकोतर्फबाट न्यायाधीश नियुक्त भएका छन् ।
न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ । यस्तै न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाल सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्त हुनु भएको छ ।
आज बसेको न्याय सेवा आयोगको बैठकले ढकाललाई सर्वोच्चको मुख्य रजिष्ट्रारमा बढुवा गरेको हो । सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद खाली थियो । त्यस्तै आयोगले सर्वोच्चका सह रजिष्ट्रार विमल पौडेललाई रजिष्ट्रारमा बढुवा गरेको छ ।
प्रतिक्रिया