सर्वोच्चको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल नियुक्त, सहरजिष्ट्रारमा विमल पौडेल
१८ पुस २०८० काठमाडौं । न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाल सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्त हुनु भएको छ ।
आज बसेको न्याय सेवा आयोगको बैठकले ढकाललाई सर्वोच्चको मुख्य रजिष्ट्रारमा बढुवा गरेको हो । सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद खाली थियो ।
त्यस्तै आयोगले सर्वोच्चका सह रजिष्ट्रार विमल पौडेललाई रजिष्ट्रारमा बढुवा गरेको छ । आयोगले न्याय सेवाका ५ जना सहसचिवको सरुवा पनि गरेको छ ।
न्याय परिषदका सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्चमा सरुवा हुनु भएको छ ।
त्यस्तै सर्वोच्चका सह रजिष्ट्रार एवं प्रवक्ता भद्रकाली पोखरेलको न्याय परिषद् सचिवालयमा, फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्चमा र सर्वोच्चका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशक बन्नु भएको छ ।
प्रतिक्रिया