बिशेष

राष्ट्रियसभाको सिट बाँडफाँटका विषयमा कांग्रेस र माओवादीबीच छलफल

हिमालय टिभी
२०८० पुष १७ गते १३:०७
राष्ट्रियसभाको सिट बाँडफाँटका विषयमा कांग्रेस र माओवादीबीच छलफल

१७ पुस २०८० काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल भएको छ ।

दुवै दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान छलफल भएको हो । नेपाली कांग्रेसका प्रखुम सचेतक रमेश लेखकले राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट चाँडै टुंग्याउनु पर्ने विषयमा कुराकानी भएको र सत्ता गठबन्धन दलहरूसँग सामूहिक छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुने जानकारी दिनुभयो ।

छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक लेखक सहभागी हुनुभयो।

माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।

आगामी फागुन २० गते एमालेका एक मनोनितसहित ९, कांग्रेसका ४, माओवादीका ३, नेकपा एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

एक सदस्य भने मन्त्रिपरिषद्को सिफरिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ। माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्