बिशेष

संक्रमणकालीन न्यायका विषयमा शीर्ष नेताहरुबीच छलफल

हिमालय टिभी
२०८० पुष ८ गते १३:०९
संक्रमणकालीन न्यायका विषयमा शीर्ष नेताहरुबीच छलफल

८ पुस २०८० काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सहमतिमै अघि बढाउनेबारे छलफल भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको ३ दलका शीर्ष नेताहरुको बैठकमा संसद्‌मा रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमा नै अगाडि बढाउनेबारे छलफल भएको हो।

शीर्ष नेताहरुले संक्रमणकालीन न्याय र सोसँग सम्बन्धित विधेयकमा सहमति गर्नका लागि सोमबार पुनस् छलफल गर्ने समझदारी जुटाएका छन्। सोमबार पुनस् बैठक बसेर छलफल गर्ने सहमति भएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अहिले संघीय संसद्‌मा विचाराधीन छ। संघीय संसद्‌को कानुन, न्याय तथा मानव अधिकार समितिले विधेयकका केही प्रावधानबारे टुंगो लगाए पनि विवादित विषयमा शीर्ष तहमा नै सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको थियो।

सरकारले छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्