बिशेष
सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशको नाम अनुमोदन
२०८० पुष ४ गते १३:०९

४ पुस २०८० काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित सबै ६ जना न्यायाधीशको नाम अनुमोदन भएको छ ।
सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस ६ जनाकै नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो ।
न्याय परिषदबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको हो ।
अब उहाँहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्चको न्यायाधीशका रूपमा काम थाल्नु हुनेछ । गत शुक्रबारदेखि सुनुवाइ सुरु भएर सोमबार सकिएको थियो । नाम अनुमोदनका लागि बुधबार पुनः समितिको बैठक बोलाइएको थियो ।
प्रतिक्रिया