बिशेष

उखु काट्न छाडेर आन्दोलन गर्ने किसानको तयारी (भिडियो रिपोर्टसहित)

२०८० मंसिर ३० गते १८:०६
उखु काट्न छाडेर आन्दोलन गर्ने किसानको तयारी (भिडियो रिपोर्टसहित)

३० मंसिर २०८० सर्लाही । तराईमा नगदे बाली उखु काट्ने सिजन सुरु भएको छ । चिनी उद्योगहरु उखु क्रसिङ सुरु गर्ने अन्तिम तयारीमा जुटेका छन् । तर, सरकारले उखुको समर्थन मूल्य तोक्न आनाकानी गरेपछि किसानहरु उखु काट्न छाडेर आन्दोलन गर्ने तयारीमा जुटेका छन् ।

आफ्नो लागत समेत नउठ्ने गरी समर्थन मूल्य तोक्ने तयारी भएको भन्दै सर्लाहीका उखु किसानहरुले आन्दोलनको तयारी गरेका छन् । समर्थन मूल्यको समस्या पहिलो पटक आएको होइन । मलखादका लागि गर्नुपर्ने संघर्ष, चिनी उद्योगले वक्यौता नदिने, सरकारले समयमै समर्थन मूल्य नतोक्ने जस्ता समस्याले किसान आजित भइसके ।

गत मंसिर २५ गते कृषि विकास मन्त्रालयमा भएको बैठकमा यस सिजनको लागि ५ सय ६५ रुपैया समर्थन मूल्य सिफरिस भएको किसान बताइएको छ । अवैज्ञानिक ढंगले उखुको समर्थन मुल्य तोक्दा किसानहरु मारमा पर्ने निश्चित छ ।

उखु किसानले चाँडै उखुको समर्थन मूल्य तोक्न तथा बाँकी भुक्तानी तथा अनुदान दिन माग गरेका छन् । आन्दोलनको घोषणा गरेका किसानहरुले सरकारको बदमासीका कारण गत वर्ष बिक्री गरेको उखुको ३० प्रतिसत मात्रै अनुदान रकम पाएको बताउँछन् । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बजेट नै नरहेको भन्दै सरकारले उखु किसानलाई अनुदान नदिने सोच बनाएको गुनासो गर्नुभयो ।

सर्लाहीको हरिवनमा संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका उखु किसानका प्रतिनिधिहरुको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापन पत्र समेत बुझाएको छ ।

किसानको लागत र चिनिको मुल्यलाई आधार मानेर यस सिजनको लागि उखुको प्रति क्वीन्टल मुल्य ७ सय ५० रुपौया कायम गर्नु पर्ने किसान प्रतिनिधिको माग छ । माग सम्बोधन नभए उखुको लाक्रा प्रदर्शन देखी सडक अबरुद्ध गर्ने सम्मका आन्दोलनका कार्यक्रम गर्ने किसानहरुको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्