बिशेष

सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश

हिमालय टिभी
२०८० मंसिर २९ गते १७:०९
सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश

२९ मंसिर २०८० काठमाडौं । सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ ।

आज उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

अदालतका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले श्रीराम टोवागो उद्योगले दायर गरेको मुद्दामा अन्तिम टुङ्गो नलागेसम्म महानगरको मङ्सिर १२ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ ।

साथै चुरोट खुद्रा बेञ्च रोक लगाएको छ भने सार्वजनिक स्थानको १०० मिटर वरपर धूमपान गरे एकसय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्