बिशेष

बीमा बोर्डले समयमै भुक्तानी नदिँदा नागरिक र अस्पतालहरु ठूलो मारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर २६ गते १४:५८
बीमा बोर्डले समयमै भुक्तानी नदिँदा नागरिक र अस्पतालहरु ठूलो मारमा (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०८० काठमाडौं । सुरुआती समयमा स्वास्थ्य बीमा कार्यक्रम नागरिकका लागि बरदान जस्तै भएको थियो ।

समय समयमा उपचार गराइरहनु पर्नेका लागि त बीमा कार्यक्रमले निकै सहज र सर्वसुलभसमेत हुने लक्षण देखाएको थियो । तर स्वास्थ्य बीमा मार्फत सेवा दिने अस्पताललाई स्वास्थ्य बीमा बोर्डले समयमै भुक्तानी नदिँदा नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भइरहेका छन् भने अस्पतालहरु ठूलो आर्थिक मारमा परेका छन् ।

स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ७३ लाख ६३ हजार ९ सय ३९ जना आवद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको तथ्याकं अनुसार आवद्धमध्ये ०७७–०७८ मा ३४ लाख ७६ हजार ७ सय ४ जना अर्थात ६९ दशमलव ५ प्रतिशतले नवीकरण गरेका छन् ।

७८–०७९ मा ४३ लाख ९ हजार ६ सय ४८ अर्थात ६८ दशमलव २ प्रतिशतले र ७९–्०८० मा ४७ लाख १ हजार ६ सय १२ अर्थात ७६ दशमलव २ प्रतिशतले स्वास्थ्य बीमा नवीकरण गरेका छन् ।

हाल स्वास्थ्य बीमा बोर्डले ४ सय ४० सेवाप्रदायक संस्थामा स्वास्थ्य बीमा बापतको रकम भुक्तानी गर्ने गरेको छ । तर समयमै भुक्तानी नगर्दा अस्पतालहरुले स्वास्थ्य बीमाका कार्यक्रम नै बन्द गरिरहेका छन् । जसको मारमा स्वास्थ्य बीमामा आवद्ध नागरिक परेका छन् ।

आर्थिक वर्ष २०७९–्०८० मा मात्र ९ लाख ३२ हजार ७ सय ३५ दावीहरु अस्पतालबाट बीमा बोर्डमा पेश भएका छन् । दाबी अनुसार बीमा बोर्डले अस्पतालहरुलाई १ अर्ब ९५ करोड १६ लाख ५४ हजार २ सय ८९ बराबरको रकम भुक्तानी गर्न बाँकी छ । बोर्ड तत्काल उक्त रकम भुक्तानी गर्ने अवस्थामा छैन ।

बीमाका लागि सरकारले आर्थिक वर्ष ७९् ८० मा २० अर्ब ८० करोड ६८ लाख ९७ हजार एक सय वजेट विनियोजन गरेको छ । आफूसँग रकम हुँदा हुँदै पनि बीमा बोर्डले समयमै भुक्तानी किन गर्न सक्दैन रु

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएपछि सरकारले तोकेको अस्पतालमा नागरिकले निशुल्क उपचार सेवा लिन पाउँछन् । जेष्ठ नागरिक, एचआइभी संक्रमित, गरिब परिचय पत्र पाएका, कडा क्षयरोग लागेका, पूर्ण अपांगता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयम् सेविका लगायतले स्वास्थ्य बीमा अन्तर्गत निशुल्क सेवा पाउँछन् ।

अन्य व्यक्तिको हकमा भने ५ जनाको परिवारले वर्षमा ३५ सय तिरेर एक लाखसम्मको र पाँच जनाभन्दा बढी परिवार भएका व्यक्तिले प्रतिव्यक्ति ७ सय रुपैयाँ योगदान रकम तिरेर दुई लाख सम्मको स्वास्थ्य सेवा निशुल्क लिन पाउँछन् । तर बीमा बोर्डले स्वास्थ्य संस्थाहरुको भुक्तानी अड्काउँदा नागरिकले बीमा मार्फत् स्वास्थ्य सेवा पाउन सकेका छैनन् । बोर्ड कहिले रकमको अभाव र कहिले कर्मचारीको अभाव भन्दै पन्छिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्