बिशेष

पार्टी पदाधिकारी : जम्बो बनाउने होडबाजी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर २३ गते १६:३६
पार्टी पदाधिकारी : जम्बो बनाउने होडबाजी (भिडियो रिपोर्टसहित)

२३ मंसिर २०८० काठमाडौं । पुराना दल र तीनका नेताले गलत परिपाटी विकास गरेको भन्दै देशमा नयाँ दल स्थापना गर्ने होडबाजी चल्यो । स्थापनाको समयमा नयाँ दलले पुराना दलले गरेका गल्ती र कमजोरी नगर्ने वाचा पनि गरे ।

पुराना दलका कमीकमजोरी नदोर्‍याउने बाचासहित स्थापना भएका भनिएका दलहरुले राम्रो काममा नभएर जम्बो कमिटी र पदाधिकारी बनाउने मामिलामा भने पुराना दललाई उछिनेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केही दिनअघि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले विधान विपरित पदाधिकारीको संख्या बढायो । विधानमा ११ सदस्यीयभन्दा बढी पदाधिकारीको संख्या नबन्ने भने पनि रास्वपाले अहिले नै १५ सदस्यीय बनायो । यसो त पुराना दलहरुले पहिल्यै जम्बो कमिटी बनाउने प्रतिस्पर्धा गरेकै थिए ।

त्यहि प्रतिस्पर्धामा रास्वपा पनि मिसियो । रास्वपा मात्रै नभएर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनता समाजवादी पार्टी जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति लगायतका पार्टीको हालत पनि उस्तै छ । जम्बो पदाधिकारी बनाउन प्रतिस्पर्धा गरेका दलहरुले पार्टी सदस्यमा अपत्यारिलो दाबी गरेका छन । नेपाली कांग्रेसले साढे ८ लाख, नेकपा एमालेले पौने ८ लाख पार्टी सदस्य रहेको तथ्यांक प्रस्तुत गर्दा नेकपा माओवादी केन्द्रले ८ लाख पार्टी सदस्य रहेको दाबी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख सदस्य पुगेको जनाएको छ । नेकपा एकीकृत समाजवादीले एक लाख पार्टी सदस्य रहेको बताउँदा सबैभन्दा कम लोकतान्त्रिक समाजवादीले ८० हजार सदस्य रहेको जनाएको छ । २०७९ सालमा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पाएको समानुपातिक मतको आधारमा एमाले सबैभन्दा ठूलो र लोकतान्त्रिक समाजवादी पार्टी सबैभन्दा सानो देखिएको छ । एक पटक हेरौं दलको पार्टी सदस्य र पाएको मत ।


ठूला दलहरुमा केन्द्रीय सदस्य र पदाधिकारीको संख्या ठूलै हुनु तर्क संगत भए पनि साना दललाई जम्बो कमिटी बनाउनु पर्नुको बाध्यता भाग पुर्‍याउनकै लागि हो भन्ने देखिन्छ । त्यसो त साना दलले पदाधिकारीमा समावेशिताको पालना गरेको पनि देखिदैन । जब्बो पदाधिकारी बनाउनु बाध्यता भएको दलका नेताहरु नै स्वीकार्छन ।

नयाँ दलहरुले छरितो समिति बनाएर राम्रो काम गर्नु पर्नेमा पार्टीमा क्रियाशील भए जतिलाई कुनै न कुनै पद बाँड्नमै केन्द्रित देखिए । पार्टी महाधिवेशनबाट चुनिएर नेतृत्वमा पुग्नभन्दा मनोनित भएर पद पाउँदा मख्ख हुने प्रबृत्ति देखियो । राजनीति कामका लागि हैन, पदका लागि भन्ने स्थापित गर्न खोज्नु बिडम्बनापूर्ण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्